भाईरल मन्त्री प्रेम आलेको पालिकामा एमाले विजयी



काठमाडौं । डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेका दुर्गा ओझा निर्वाचित भएका छन् । एमाले उम्मेदवार ओझाले ३४४१ मत ल्याएर जित हाँसिल गर्दा नेपाली कांग्रेसका उम्मेदवार दिपक कुमार विष्टले ३४१२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा जमुना बोहराले ३५९९ मत ल्याएर विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वीचन्द्राकुमारी साउदले ३५१७ मत ल्याइन् । जोरायल नेकपा एकीकृत समाजवादी नेता तथा पर्यटनमन्त्री प्रेम आलेको गाउँपालिका हो ।

प्रतिक्रिया दिनुहोस्