पोखरिया-३ मा एमालेको प्यानल विजयी, मेयरमा पनि अग्रता



वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ को वडाअध्यक्षमा नेकपा एमालेका रामप्रवेश प्रसाद चाई निर्वाचित भएका छन् । १ हजार २९ मत पाएर एमालेका चाई वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अजय कुमारले ६ सय ८ मत ल्याएका छन् । नेपाल सुशासन पार्टीका रामबाबु तेलीले ४ सय ८९ मत ल्याउँदा जनता समाजवादी पार्टी ९जसपा० का रबिभुषण तिवारीले १ सय ६१ मत ल्याएका छन् ।
वडा नम्बर ३ मा नेकपा एमालेको प्यानल नै बिजय भएको हो । महिला सदस्यमा एमालेकी सुगन्धी देवी कुर्मी (९४७), दलित महिला सदस्यमा तेतरी देवी राम (९३३), सदस्यहरुमा रामप्रसाद महतो कोइरी (९४२) र विद्यालाल ठाकुर हजाम (९३४) निर्वाचित भएका हुन् ।

वडा नम्बर ३ बाट नगरप्रमुखमा एमालेलाई ८ सय ११ मत परेको छ । जसपालाई ५ सय ५, नेपाल सुशासन पार्टीलाई ३ सय ९७ र लोसपालाई १ सय ७३ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्