राजेन्द्र महतोको वडामा लोसपाका उम्मेदवारको हार



जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको वडामा लोसपाका वडाध्यक्षका उम्मेदवार पराजित भएका छन् ।

महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका-२ को वडाध्यक्षमा कांग्रेसका शम्भुप्रसाद साह निर्वाचित भएका छन् । ६ सय १२ मत ल्याएर शम्भुप्रसाद साह निर्वाचित हुँदा लोसपाका कामेश्वर साहले ५ सय ४४ मत ल्याए ।

२०७४ सालको निर्वाचनमा यो वडाबाट तत्कालीन राजपाबाट रामनारायण महतो वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्