छिपहरमाईमा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन



वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। निर्वाचन आयोग नेपालले जिल्ला निर्वाचन कार्यालय पर्सालाई बोधार्थ बनाई निर्वाचन अधिकृतको कार्यालय छिपहरमाई र जिल्ला प्रशासन कार्यालय पर्सालाई पठाइएको पत्रमा वडा नम्बर २ को मत गणना सुचारु गर्न निर्देशन दिइएको छ।

आयोगका उपसचिव ऋषिराम भुषालद्वारा जारी पत्रमार्फत कानुनबमोजिम प्रक्रिया पुगी मतगणना प्रतिनिधि अनुपस्थित भएमा पनि मतगणनालाई निरन्तरता दिन आग्रह गरिएको छ ।

साथै मतगणना प्रक्रियामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्