फेल खाँदै पूर्वानुमान, बालेन साहको अग्रता बढेको बढ्यै



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिएका उनले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता अझ फराकिलो बनाउँदै लगेका छन् ।

महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ । वडा नं १ मा बालेनले ७८३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४५१ मत पाएकी छन् ।

वडा नं २ मा बालेनले एक हजार २२०, स्थापितले ७२८ र सिंहले ४९७ मत प्राप्त गरेकी छन् । यी दुबै वडाको अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्