ललितपुरको महाङ्काल गाउँपालिकामा गठबन्धन विजयी



ललितपुर । ललितपुरको महाङ्काल गाउँपालिका अध्यक्षमा माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार गणेश केसी र गठबन्धनकै उपाध्यक्ष उम्मेदवार डोल्मा माया गोले विजयी भएका छन् । गाउँपालिकाकी निर्वाचन अधिकृत सुशीला ज्ञवालीका केसीले ३ हजार ४ सय ५५  मतले जित हासिल गरेका हुन् ।

उनी कांग्रेस नेता हुन् । उनका निकटम् प्रतिस्पर्धी एमालेका कमला तामाङले २ हजार ८ सय ८७ मत ल्याएकी छिन् । माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएकोमा उनले २ सय ३८ मत ल्याएका छन् ।

उपाध्यक्षमा विजयी गोलेले ३ हजार १ मत ५२ ल्याएकी छिन् । उनका निकटम् प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाँईले २ हजार ७ सय ८७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्