धनकुटामा जंगली च्याउ खाँदा ४ जना बिरामी



धनकुटा : धनकुटामा जंगली च्याउ खाँदा ४ जना बिरामी परेका छन्।

जिल्लाको चौबिसे गाउँपालिका–७ मा बिहीबार राती जंगली च्याउ खाँदा स्थानीय ६३ वर्षीय टेकबहादुर लिम्बु, ६२ वर्षीया अमृतकुमारी लिम्बु, ३३ वर्षीया लक्ष्मिमाया लिम्बु र ४४ वर्षीया सुकमाया लिम्बु बिरामी भएका हुन्।

बिरामी भएका सबैको स्थानीय स्वास्थ्य चौकी मौनाबुधुकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्