माओवादीका नेता गिरिराजमणी पोखरेलको वडावाट नै एमालेको उदय



काठमाडौं । पुर्व शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ ।

माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाइ नेकपा एमालेका उम्मेदवार बिराट बिष्टले पराजित गरेका छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाइ १२२ मतले उछिन्दै विजयी भएका हुन । नेकपा एमालेले १५१५ मत र माओवादी केन्द्रले १३९३ मत प्राप्त गरेको छ ।

बर्दिबास(३ नेकपा एमालेले विजयी भएसगै माओवादी केन्द्रले अहिलेसम्मको मतपरिणाममा अघिल्लो निर्वाचनमा जितेका ३ वटा गुमाएको छ भने नेपाली काङ्ग्रेसले २ वडा गुमाएको छ । नगरमा भने स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री पक्षले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्