जुम्लाको सिंजा गाउँपालीका अध्यक्ष र उपाध्यक्ष माओवालदीले जित्यो



जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा माओबादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याए । उपाध्यक्षमा निर्वाचित माओबादीकी रोकायाले १ हजार ९५६ मत पाइन् । काँग्रेसकी रजनकली शाहीले १ हजार ६९ मत पाएर दोस्रो भइन् ।

प्रतिक्रिया दिनुहोस्