काभ्रेपलाञ्चोक खानीखोला-५ मा माओवादी प्यानल नै निर्वाचित



काभ्रेपलाञ्चोक । जिल्लाको खानीखोला गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका उम्मेदवार बुद्धिबहादुर स्याङ्तान प्यानलसहित विजयी भएका छन् । उनले ५ सय ३३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गा प्रसाद तिमिल्सेनाले ४ सय २४ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादीका उम्मेदवार तिलकबहादुर स्याङतानले ५ मत मात्र प्राप्त गरे । वडा सदस्यहरूमा पनि माओवादी केन्द्रबाटै विजयी भएका छन् ।

खुल्ला सदस्यतर्फ पदमराज बलले ५ सय २ र पदम बहादुर स्याङतानले ४ सय ९७ मत ल्याएर जिते । महिला सदस्यतर्फ विन्दा आचार्य ५ सय ११ र दलित महिला सदस्यतर्फ पार्वती विक ५ सय ९ मत ल्याउँदै विजयी भइन् ।

प्रतिक्रिया दिनुहोस्