गठबन्धनका घटकले सहकार्य गर्न चाहेनन्, चुनावी परिणाम राम्रो आएन : नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले सोचजस्तो परिणाम ल्याउन नसकेको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित मदन-आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै गठबन्धनका घटकबाट पनि राम्रो सहकार्य नपाएको टिप्पणी गरेका छन् ।

नेपालले आफूहरुले निर्वाचन र गठबन्धनबीच सहकार्यको गम्भीर समीक्षा समेत बताएका छन् । ‘हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्ने छौं,’ उनको भनाइ छ, ‘हामीले गठबन्धन कार्यको पनि समीक्षा गर्नेछौं । समीक्षा गरेर हामीले कहाँ राम्रो गर्यौं, कहाँ त्रुटि गर्यौं त्यसको समीक्षा गर्ने छौं ।’

परिणाम जेसुकै आए पनि पार्टीलाई जनताको बीचमा बलियो बनाउनुपर्नेमा अध्यक्ष नेपालको जोड थियो । । उनले भने ‘तर, जे सुकै भए पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनुपर्ने छ । यो पार्टीलाई जनताको बीचमा क्रियाशील बनाउनुपर्ने छ । जनताको प्यारो पार्टीका रुपमा अगाडि बढाउनुपर्ने छ,’।

प्रतिक्रिया दिनुहोस्