काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै कांग्रेसले जित्यो



काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेपाली कांग्रेसले जितेको छ । मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी निर्वाचित भएका छन् ।

महर्जनले ११ हजार ९८८ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले सात हजार ८०८ मत ल्याएका छन्। काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी निर्वाचित भएका हुन् । महर्जनले ११ हजार ९८८ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले सात हजार ८०८ मत ल्याए ।

कांग्रेसबाट विजयी उपमेयर उम्मेदवार बुर्लाकोटीले १० हजार ७८६ मत पाइन् । उनका प्रत्यासी एमालेकी पराजित भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरिन् । तारकेश्वर नगरपालिकामा २०७४ सालको निर्वाचनमा एमाले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्