धनुषामा एमालेले पनि पालिका प्रमुखमा खाता खोल्यो



जनकपुरधाम । नेकपा एमालेले पनि धनुषामा पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ। औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनम कुमारी विजयी भएका हुन्।

उमाशंकर साहले ३ हजार ३२६ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार ब्रह्मदेव यादवले २ हजार ९२३ मत ल्याएका छन्।

त्यसैगरी, कांग्रेसका उपाध्यक्ष उम्मेदवार रिंकी कुमारी मण्डलले २ हजार ७ सय ९० मत ल्याएका हुन् भने एमालेका उपाध्यक्ष उम्मेदवार पुनम कुमारी साह २ हजार ९ सय ४९ मत ल्याएर मण्डललाई पराजित गरेकी हुन्।

नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यादव यसअघि सो पालिकाका अध्यक्षमा निर्वाचित भएका थिए। योसँगै नेकपा एमालेले पनि पालिका प्रमुख धनषामा खाता खोल्न सफल भएको छ।

यस नेपाली कांग्रेस धनौजी र लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् भने जसपाका उम्मेदवार जनकनन्दनी गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्