ऋषिङको अध्यक्ष उपाध्यक्षमा कांग्रेस, वडामा गुमायो साख



तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मंगलबार सम्पन्न भएको मत गणनामा कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले ३ हजार ३ सय ३५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिराज कँडेलले २ हजार ७ सय ९२ मत ल्याए। स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम आलेले ३ हजार ३३ मत पाए।

उपाध्यक्षमा गिनुमाया थापा विजयी भएकी छन्। उनले ४ हजार ४ सय २९ मत पाएर विजयी भएकी हुन्। उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका मधुप्रसाद थापाले ३ हजार ४ सय ८९ मत पाए।

अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा थापा दोहोरिएका हुन्। यस अगाडी वडामा पनि क्लिन स्विप पारेको कांग्रेसको साख भने गुमेको छ। २ वडामा स्वतन्त्र र एक वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भए।

ऋषिङ गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका कुश थापा ८ सय ३१ मत ल्याउँदै विजयी भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खिमबहादुर थापाले ८ सय २६ मत प्राप्त गरे।

वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा दलबहादुर थापाले ४ सय ६१ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर थापाले ३४९ मत प्राप्त गरे।

वडा नम्बर ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। नेपाली कांग्रेसका भिमबहादुर थापाले ८ सय ८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका बेलबहादुर आलेले २ सय ३६ मत पाए।

वडा नम्बर ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा प्रेमराज श्रेष्ठले ७ सय ६ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका वसन्त विकले ४ सय ६९ मत प्राप्त गरे।

वडा नम्बर ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा बुद्धिमान राना मगरले ८ सय २२ मत प्राप्त गरी विजयी भएका हुन्। प्रतिस्पर्धी नेकपा एमालेका भुवनबहादुर रानाभाटले ६ सय ७ मत प्राप्त गरेका छन्।

वडा नम्बर ६ मा मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा भक्तबहादुर आले ५ सय ६५ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका छविलाल आलेले ४ सय ७४ मत प्राप्त गरे।

वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दुर्गाबहादुर थापा भएका छन्। थापा ४ सय ९५ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका यामबहादुर थापाले २ सय ८९ मत प्राप्त गरे।

वडा नम्बर ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भरतकृष्ण श्रेष्ठ विजयी भएका छन्। ३ सय ९७ मत प्राप्त गरी श्रेष्ठ वडाध्यक्षमा विजयी भएका हुन्। प्रतिस्पर्धी नेकपा एमालेका रितबहादुर थापा मगरले ३ सय ८० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्