राक्सिराङमा कांग्रेसका मल्ल विजयी



मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी भएका छन्।

जिल्लाकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका मल्ल विजयी भएका हुन्।

मल्लले आफ्नो निकटतम प्रतिस्पर्धीलाई ९ सय ९ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मल्ल नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। मल्लले ५ हजार ४ सय ८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गरे।

त्यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी भएका छन्। उनले ४ हजार ८ सय ३९ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १ सय २९ मत प्राप्त गरिन्।

प्रतिक्रिया दिनुहोस्