भेरीमा पुनः एमालेका सिपी घर्ती विजयी



जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाको मेयरमा पुनः एमालेका चन्द्रप्रकाश घर्ती (सिपी) निर्वाचित भएका छन्। गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घर्ती निर्वाचित भएका छन्।

गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गगनबहादुर खड्कालाई ८ सय ७९ मतान्तरले पराजित गर्दै घर्ती मेयरमा निर्वाचित भएका हुन्।

घर्तीले ४ हजार ८ सय ४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गगनबहादुर खड्काले ३ हजार ९ सय ६३ मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३ हजार ५ सय ५९ मत ल्याए। एकीकृत समाजवादी एक्लै प्रतिस्पर्धामा थियो।

उपमेयरमा भने गठबन्धनकी उम्मेदवार कांग्रेसकी सीता जैसी निर्वाचित भएकी छन्। उनले ५ हजार ९ सय ८५ मत ल्याइन्। उनकी प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५ हजार १ सय ७२ मत ल्याइन्।

नगर प्रमुखमा निर्वाचित घर्ती २ हजार ७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक मतले विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्