काठमाडौंमा बालेनले लिए ६ हजारभन्दा बढी मतको अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले सुरुवाती अग्रतालाई कायमै राखेका छन्। बालेन १२ हजार ८ सय ९२ मतका साथ चुनावी प्रतिस्पर्धामा छन्।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६ हजार ७ मतले अगाडी छन्। स्थापित बालेनलाई ६ हजार ८ सय ८५ मतका साथ पछ्याइरहेका छन्। त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ६ हजार १ सय ९ मत प्राप्त गरेकी छन्।

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १२ हजार १ सय ५७ मत पाएकी छन्। एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३ हजार ६ सय १४ र राप्रपाकी विनिता मगैयाले २ हजार ६ सय २८ मतका साथ प्रतिस्पर्धामा छन्।

यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ। दुबै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अहिले वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना सकिएको छ।

प्रतिक्रिया दिनुहोस्