पुष्पलालको जन्मभूमिमा कांग्रेसको वर्चश्व



रामेछाप । नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमि रामेछाप नगरपालिकामा कांग्रेसले वर्चश्व जमाएको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिकाको ९ वटा वडामध्ये ७ वटा वडासहित मेयर र उपमेयरमा निर्वाचित भएपछि पुष्पलालको जन्म स्थान रहेको रामेछाप नगरपालिकामा कम्युनिष्टको उपस्थिति न्यून भएको छ ।

बैशाख ३० मा भएको निर्वाचनको आज मतपरिणाम सार्वजनिक भएसँगै रामेछाप नगरमा ९ वडामा २ वडामा मात्र कम्युनिष्ट निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले ३–३ वडा विषया हासिल गरेपनि यो निर्वाचनमा एमाले शून्य र माओवादी २ वडामात्र सिमित बनेको छ ।

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसबाट लवश्री न्यौपाने र बालकुमारी कार्की थापा निर्वाचित भएका छन् । न्यौपानले निकटतम प्रतिद्वन्द्वी एमालेको । रोशन पाख्रिनलाई १ हजार २ सय ९३ को मतअन्तरमा पराजित गराएका हुन् । कांग्रेसले २ र ९ बाहेक सबै वडामा विजय हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्