भरतपुरमा रेनु दाहालको अग्रता, पछ्याउँदै विजय



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ११ सयको अग्रता लिएकी छन्।

पछिल्लो मत गणनाअनुसार माओवादी केन्द्रकी दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई फराकिलो मत अन्तरले पछाडि पारेकी हुन्।

रेनुले ९ हजार ४ सय ५ मत ल्याएकी छन् भने एमालेका सुवेदीले ८ हजार ३७ पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार २ सय ४८ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्