टोखाको मेयरमा एमालेका अधिकारी विजयी



काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी विजयी भएका छन् । अधिकारीले कांग्रेसकी प्रतिस्पर्धी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गरेका हुन् । एमालेका मेयर उम्मेदवार अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित भएका छन् । उनले कांग्रेसकी थापालाई १ सय ७४ मतले पछि पारेका हुन् । थापाको १० हजार १ सय ७७ मत आएको छ ।

नगरपालिका उपमेयरमा कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भएका छन् । उनले १० हजार १ सय ३२ मत प्राप्त गरेका छन् । उनले एमालेका उम्मेदवार ज्ञानमाया डंगोललाई पराजित गरेका हुन् । डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी थिइन् ।

एमालेका अधिकारी दोस्रो कार्यकालका लागि टोखाको मेयरमा निर्वाचित भएका हुन् । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरमा जित हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्