बालेनले कटाए १५ हजार मत, केशव र सिर्जनाको कति ?



काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत १५ हजार नाघेको छ । आज बिहानको ताजा परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाएका हुन् ।

उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् । स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाएका छन् ।

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको बछ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्