भारतीय कलाकार नेपालकाे पर्यटन सद्भभावना दूत



काठमाडौँ : नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्वसदस्य एवं कलाकार जया प्रदालाई सद्भावन दूतमा नियुक्ति गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शुक्रबार मन्त्रीस्तरीय बैठकले कलाकार जयालाई आगामी चार वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । 

मुलुकको आर्थिक आर्जन तथा रोजगारी सिर्जना गर्ने एक महत्वपूर्ण स्रोत पर्यटन क्षेत्र नै भएको र पर्यटकीय हिसाबले भारत नेपालका लागि ठूलो स्रोत बजार पनि भएको सन्दर्भमा यो नियुक्तिले भविष्यमा बलियो आधार तयार पुग्ने विश्वास लिइएको छ ।

 

साथै, दुई देशबीच पर्यटन प्रवद्र्धनका गतिविधि अघि बढाउन ऐतिहासिक महत्व राख्ने अपेक्षा गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानको रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा सद्भावना दूतको माध्यमबाट भारतबाट अधिक सङ्ख्यामा पर्यटक आउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जनाएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ ।

काठमाडौं– घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने

काठमाडौं : सरकारले पीसीआर परीक्षण गराउँदै आएका प्रयोगशालालाई कोरोना रिपोर्ट आफैं दिन निर्देशन दिएको छ