परराष्ट्रमन्त्रीद्वारा भुटानका विदेशमन्त्रीलाई बधाई



 

काठमाडौं :   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भुटानको विदेशमन्त्रीमा ताण्डी दोर्जी नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

 

आफ्ना भुटानी समकक्षीलाई शुक्रबार परराष्ट्रमन्त्री ज्ञवालीले पठाएको बधाई सन्देशमा विदेशमन्त्री दोर्जीको सफल कार्यकालको कामना गरेका छन् ।

 

सन्देशमा ज्ञवालीले विदेशमन्त्री दोर्जीसँग निकट सम्पर्कमा रहेर पारस्परिक हित प्रवद्र्धनका लागि दुईपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र भुटानबीचको सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने इच्छा प्रकट गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्