छवि-शिल्पाकाे बिहेमा जन्त जानेदेखि विवाह दर्ता गर्नेसम्मलाई मुद्दा !



काठमाडौ‌ : बहुविवाहको मुद्दामा अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । अहिले उनीहरु सम्पर्क बाहिर छन् भने प्रहरीले उनीहरु दुबैलाई अझै अदालतमा उभ्याएको अवस्था छैन । 

तर, यो मुद्दा भने दिन प्रतिदिन झन्–झन् जटिल बन्दै गइरहेको छ । छविकी जेठी श्रीमती हेमाले बहुबिवाहको मुद्दामा शिल्पाको टिका लगाएको दाजु भाउजु विकास र सम्झना रौनियारसहित विवाह दर्ता गर्ने काठमाडौँ महानगरपालिका वडा नं। ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध समेत उजुरी हालेकी छन् ।

हेमा

शिल्पालाई बहिनी बनाएका रौनियार दम्पत्तीले विवाहमा कन्यादान गरेको र विवाह दर्ता गराएको भनेर काठमाडौं महानगरपालिका वडा नं। ८ का वडा अध्यक्ष दिनेश डङ्गोल बिरुद्ध उजुरी दर्ता गराइएको हेमाको मुद्दा हेरिरहेकी यूनाइटेड नेपाल लिगल सर्भिसेजका लिगल अफिसर तुलसा शर्माले जानकारी दिइन् ।

‘बहुविवाहको मुद्दमा विवाहमा जन्तजानेदेखि भोजखानेसम्मलाई कारबाही हुने प्रवधान रहेको छ । उनीहरु जेल गएको धेरै उदाहरण पनि छन् । शर्माले भनिन् ‘सोही अनुसार विकाश र सम्झनाबिरुद्ध पनि मुद्दा हालिएको हो ।’

काठमाडौँ महानगरपालिका वडा नं। ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध भने बहुविवाह दर्ता गरेको बिषयमा उजुरी हालिएको छ । वडा अध्यक्षको विषयमा भने धरानमा विवाह दर्ता हुनु पर्ने विषयमा यहाँ दर्ता गरिएको भनेर उजुरी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्