केआईसिंहको अध्यक्ष र उपाध्यक्ष दुबैमा कांग्रेस



डोटी । डोटीको केआईसिंह गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ ।

सहायक निर्वाचन अधिकृत धर्मराज उपाध्यायले दिएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार लोकेन्द्रबहादुर शाही ४२६२ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले २६२१ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उमेदवार मिनादेवी विष्ट ४०७२ मतसहित विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवार निर्मला अवस्थीले २५३६ मत प्राप्त गरिन ।

शाही र बिष्ट दुवै अध्यक्ष र उपाध्यक्षमा पुन : निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्