‘जाइरा’को आइटम गीत ‘यो मात चढेको साँझ’मा हट तनुजा



काठमाडौं : चलचित्र ‘जाइरा’मा समावेश आइटम गीत सार्वजनिक भएको छ । ‘यो मात चढेको साँझ’ बोलको आइटम गीतमा तनुजा गुरुङले डान्स गरेकी छिन् । 

मिना निरौलाको स्वर रहेको भिडियोमा प्रमोद अग्रहरी र श्रृजना रेग्मीलाई पनि देखाइएको छ । सन् १९७४ मा रिलिज भएको चलचित्र ‘मनको बाँध’मा समावेश गीतलाई रिमेक गरेर यो चलचित्रमा राखिएको छ ।

‘जाइरा’मा नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रमा उनलाई मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्रमा अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरको पनि मुख्य भूमिका छ ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको लेखन छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई बाबु श्रेष्ठले छायांकन तथा लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् । चलचित्र भदौ ६ गतेबाट रिलिज हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्