रेनु विजय भन्दा १ हजार ७ सय १२ मतले अगाडि



चितवन । भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले १ हजार ७ सय १२ मतले अग्रता बढाएकी छन् । २७ हजार ४३८ मत गन्दा दाहालले ९ हजार ९७० मत ल्याउँदै अग्रता बढाएकी हुन् ।

त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २५८ मतले पछ्याउँदैछन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत ल्याएका छन् ।

उपमेयरका चित्रसेन अधिकारीले ११ हजार ९५६ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६ हजार ७४२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्