महोत्तरीको अध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपाका उम्मेदवार निर्वाचित



जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टीका उम्मेदवार उपाध्यक्षमा निर्वाचित भएका छन् ।

बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दिलिप कुमार पाण्डे निर्वाचित भएका हुन् । उनले २ हजार ३३६ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अजय जंग रायले २ हजार २०८ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा जसपाकी दिपो देवी पासवान निर्वाचित भएकी छन् । उनले २ हजार ६४ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी तमलोपाका ललिता देवी साह १ हजार ९९१ मत ल्याइन् ।

गाउँपालिका अध्यक्षमा पाण्डे निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीबाट विभाजित भएर बनेको तमलोपाले पहिलो गाउँपालिका अध्यक्ष पाएको छ ।

प्रतिक्रिया दिनुहोस्