कांग्रेस मुगुका सभापति शाही सवार गाडी दुर्घटनमा



मुगु । कांग्रेस मुगु सभापति ऐनबहादुर शाही सवारी दुर्घटनामा परेका छन् । सोरु गाउँपालिका-६ बन्जाहा भन्ने स्थानमा शाही सवार गाडी दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार सभापति शाहीको अवस्था सामान्य छ । सभापति शाही सवार लु १ ज १७७२ नम्बरको गाडी दुर्घटना हुँदा उनीसहित सोवेन्द्र मल्ल, सुवर्ण शाही, कुबेर शाही र राजेन्द्र शाही सामान्य घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्