धनगढी पार्क हाे कि डम्पिङसाइट ? (फोटो फिचर) 



कैलाली : सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको दशरथ भिम उद्यान पार्क(धनगढी पार्क) आकर्षक पर्यटकिय स्थल हो । दैनिक ५ सयदेखि १ हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ क्षणिक आनन्द लिनको लागि आउने गर्छन् । उद्यानमा प्रतिव्यक्ति प्रवेश शुल्क २० रुपयाँ रहेको छ । 

 

धनगढीको एक मात्रै रमणीय स्थल रहेको पार्क आजभोली दैनिक रुपमा फोहरले दुर्गान्धित बन्दै गएको छ । सबैभन्दा बढी आन्तरिक पर्यटक भित्र्याउने धनगढी क्षेत्रकै एकमात्र पार्क यसरी फाेहाेर देखिन थालेपछि घुम्न आउने पर्यटक गेटबाटै फर्किने गरेका छन् ।  

 

उद्यान परिसरमा हिड्ने पेटी, बेन्च, पिकनिक स्थल, कृतिम झरना, जल बगैँचा, स्विमिङ् पुल, मिटिङ हल, आवास, बाल उद्यानहरु रहेका छन् । यहाँ रहेका सबै घुम्न लायक रमणीय ठाउँको राम्रो संरक्षण सम्बर्द्धन नहुँदा पर्यटकको संख्यामा कमी अाएकाे छ ।

 

पार्कभित्र भएको फोहाेर व्यवस्थापन न एकै ठाउँमा लामो समयसम्म थुपारेर राख्दा पार्क फोहर बन्दै गएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्