गौर नगरपालिकाको मेयर र उपमेयर एकीकृत समाजवादीले जित्यो



रौतहट । रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एकीकृत समाजवादी विजयी भएको छ । एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

साहले ६ हजार ३८१ मत प्राप्त गर्दा गुप्ताले ३ हजार ७५५ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाएका हुन् ।यसैगरी उपमेयरमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साह निर्वाचित भएकी छन्।

उनले ४ हजार ८०९ मत ल्याइन् भने निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अमरुल कले १ हजार ४७ मत पाए । नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार शाहजान खातुनले ९४४ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्