इलामको देउमाईमा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित



इलाम । इलामको देउमाई नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन्। देउमाईमा प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई दुबै जना दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन्।

पोख्रेलले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलाललाई पराजित गरेका हुन्। पोख्रेलले ८ हजार ६ सय ९५ मत प्राप्त गरेका छन्। उनका दुलालले सात हजार ६२२ मत प्राप्त गरेका छन्।

२०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा पनि दुलाल पोख्रेलसँगै पराजित भएका थिए। उपप्रमुख पविमाया राईले ८ हजार ५ सय ६३ मत ल्याएर विजयी भएकी छन्।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राम राईले ५ हजार हजार ७ सय ६५ मत प्राप्त गरेका छन्। पविमाया राईले अघिल्लो निर्वाचनमा कांग्रेसकी सूर्यमाया राईलाई पराजित गर्दै उपप्रमुख निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्