१५ वर्ष कान्छा मोडलसँग रोमान्समा सुस्मिता



 

काठमाडौं :   पूर्व मिस यूनिभर्स तथा बलिउड अभिनेत्री सुिस्मता सेन यतिबेला अफेयरका कारण चर्चामा आएकी छिन् । सुस्मिता सेनको जीवनमा मोडल रोहमन शलले प्रवेश गरेका छन् ।

 

हालै यि दुवै भारतको आग्रामा रहेका ताज महल हेर्न सँगै गएका थिए । अभिनेत्री सुस्मिता सेन ४२ वर्षीया हुन् भने मोडल रोहमन शल २७ वर्षका हुन् ।

 

 

सुस्मिता सेनले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गदै लेखेकी छिन् ‘रोमान्स रिटर्न्स ’ । उक्त तस्बिर सार्वजनिक भएसँगै सबैले अब सुस्मिताले उनको प्रेम सम्बन्धलाई सार्वजनिक गर्न चाहेको बताइहेका छन् । यसबाहेक मिडियाहरुले कैयौं पटक एयरपोर्टमा सुस्मिता र रोहमन सँगसँगै भएको तस्बिरहरु लिएका थिए । सुस्मिता सेनको नाम यस अघि रणदिप हुड्डा, विक्रम भट्ट, मुदस्सर अजीज र ऋतिक भसीका साथ जोडिइसकेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्