राप्रपा नेपालका युवा नेता कटुवालले दिए बालेन्द्रलाई बधाई



काठमाडौं । राप्रपा नेपालका युवा नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको केन्द्रिय अध्यक्ष कैलाश कटुवालले काठमाडौं महानगरपािलकोको मेयरको स्वतन्त्र उम्मेदवार वालेन्द्र साहलाई बधाई दिएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार साह एमालेको मेयरको उम्मेदवार केशव स्थापित र कांग्रेसकी मेयरको उम्मेदवार र्सिजना सिंहभन्दा दोब्बर मतान्तरले अघि रहेको छ ।

राजनीतिक दलहरु प्रति आम मानिस निशास भैरहेको बेलामा साहले काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिएर लिड गरिरहेको बेलामा अध्यक्ष कटुवालले उनलाई बधाई दिएका छन् । उनले अहिले देशमा सक्षम युवा नेताहरुका खाँचो भएको र वालेन्द्र साहसँग जनताले आश गरेको भन्दै उनलाई बधाई दिएका हुन् । वालेन्द्रले सुरुवाती समयदेखि नै लिड गर्दै आएको छ ।

यो समाचार तयार पार्दासम्म वालेन्द्रलाई १७ हजार ६ सय ४३ मत आएको छ । भने उनलको निकटतम प्रतिस्पर्धी केशव स्थापितलाई ९ हजार १ सय १० मत प्राप्त भएको छ । त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले निल गरिरहेकी छन् । उनले अहिलेसम्म १७ हजार ५ सय २६ मतले लिड गरिरहेकी छन् ।

कटुवालले अहिलेको अवस्थामा पार्टीहरुले जनताले इच्छा चाहना पुरा नगरेको र नेताहरु पनि उही पुराना मात्र भएको कारण राजनीतिमा नयाँ केही दिन नसकेको कारण युवाहरुले फरक ढंगले भएपनि देशको नेतृत्व तहमा पुगेर नेतृत्व गर्नु पर्ने बताए । उनले देशमा बालेन्द्र जस्तै धेरै युवाहरुले स्थानीय तहको नेतृत्व गर्न तयार हुनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्