विराटनगरमा नागेश कोइरालाले लिए ३९३७ मतको अग्रता



मोरङ । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर पदमा अग्रता बढाउँदै लगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बेलुकासम्म गणना गरिएको ४८ हजार २ सय १ मतमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १५ हजार ४ सय ३० मतका साथ अग्रता लिएका छन्।

उनले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापासँग ३ हजार ९ सय ३७ मतको अग्रता लिएका हुन्। थापा ११ हजार ४ सय ९३ मतका साथ कोइरालालाई पछ्याइरहेका छन्। स्वतन्त्रतर्फ उम्मेदवार उमेश यादवको ४ हजार ८ सय ७ मत रहेको छ।

नेकपा एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीले पनि आफ्नो अग्रतालाई कायम राखेकी छन्। कार्कीले हालसम्म १३ हजार १ सय ७९ मत पाएकी छन्। गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादव ७ हजार ९ सय ४६ मतका साथ प्रतिस्पर्धामा छन्।

राप्रपाकी उम्मेदवार विन्दा लुइँटेल आचार्यले ३ हजार ७ सय ७९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्