हेटौंडामा गठबन्धनको अग्रता कायमै



हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा गठबन्धनको उम्मेदवारहरुको अग्रता कायमै रहेको छ। हालसम्म ४३ हजार ३ सय ७० मत गणना हुँदा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले अग्रता बनाइरहेकी छिन्।

त्यसैगरी उपमेयर पदमा पनि गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले ठूलो मतान्तरले अग्रता लिएका छन्। लामाले १३ हजार ३ सय ५८ मत प्राप्त गर्दै अग्रता बनाएकी छिन्।

राप्रपाका दीपकबहादुर सिंहले १२ हजार ५ सय ८५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका अनन्त प्रसाद पौडेलले १२ हजार ३ सय ३५ मत प्राप्त तेस्रो स्थानमा रहेका छन्।

त्यसैगरी उपमेयर पदमा कांग्रेसका राजेश बानियाँले १९ हजार ४ सय ५१ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई कायमै राखेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सुमित्रा काफ्लेले १३ हजार ८ सय ७४ प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छिन् भने राप्रपाकी इन्दीरा न्यौपानेले ३ हजार १ सय ५३ मत प्राप्त गरेकी छिन्।

हालसम्म हेटौडाको वडा नम्बर १, २, ३, ६, १६, १७, १८ तथा १९ नम्बरको नतिजा सार्वजनिक भईसकेको छ । नतिजा अनुसार १, २, ३, ६, १६ तथा १७ मा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् भने १८ र १९ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्