शुक्लागण्डकी नगरपालिकामा कांग्रेसका कृष्णराज र माओवादीका खुमबहादुर विजयी



तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपमेयरमा नेकपा माओवादी केन्द्रका खुमबहादुर विक (राजु) निर्वाचित भएका हुन्। पण्डितले १२ हजार २६३ र विकले १० हजार २६२ मत प्राप्त गरे।

मेयरका उम्मेदवार नेकपा एमालेको मुक्ति तिम्सिनाले नौ हजार ८४० मत प्राप्त गरे। उपमेयरमा एमालेकी फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाइन्। मेयरमा २ हजार ४२३ र उपमेयरमा ३०५ मतान्तर रह्यो।

शुक्लागण्डकीमा नगरपालिकामा ६७.८५ प्रतिशत मत खसेको थियो। ३८ हजार ३१५ मतदाता रहेकोमा २५ हजार ९९७ जनाले मात्र मतदान गरेका थिए।

अघिल्लो पटक नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेका थिए। उपमेयर गुमाएको एमालेले वडामा समेत एक वडा कम जित दर्ता गराएको छ। एमालेले यसपालि छ वडामा वडाध्यक्ष जितेको छ। नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले एक वडामा वडाध्यक्ष जितेका छन्। कांग्रेसले अघिल्लो पटक ३ र माओवादीले २ वडा जितेका थिए।

शुक्लागण्डकी नगरपालिकाको नगरसभामा नेकपा एमालेले बहुमत सदस्य जितेको छ। ३५ नगरसभा सदस्य एमालेले जितेको हो। यस्तै कांग्रेसले मेयर सहित २४ नगरसभा सदस्य र माओवादी केन्द्रले उपमेयर सहित ३ नगरसभा सदस्य जितेको छ।

शुक्लागण्डकी–१ मा कांग्रेसका रविचन्द्र पौडेलको प्यानल विजयी छ। वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका सुमनबहादुर राना मगरले जित्दा चार वडा सदस्य एमालेले जितेको छ। वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसका सचिन भुजेल सहित प्यान विजयी भएको छ। ४ मा नेपाली कांग्रेसका राजकुमार वाग्ले निर्वाचित भए ।राजकुमारले प्यानलै विजयी भएको हो।

वडा नम्बर ५ को अध्यक्ष नेकपा एमालेका दीर्घबहादुर थापा प्यानल सहित विजयी भए। ६ मा नेकपा एमालेका बुद्धिबहादुर थापा प्यानल सहित विजयी भए। वडा नम्बर ७ मा कांग्रेसका खड्कसिंह थापा विजयी भए। वडा सदस्यमा एक जना कांग्रेस र ३ जना एमालेका विजयी भए। वडा नम्बर ८ मा एमालेका नारायणसिंह थापा विजयी भए। कांग्रेसका २ र एमालेका २ वडा सदस्य विजयी भएका छन्। वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका बाबुराम पुलामी सहित प्यानल विजयी भयो।

वडा नम्बर १० को वडाध्यक्षमा माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री विजयी भए। वडा सदस्य एमाले र कांग्रेसका २–२ जना विजयी भएका छन्। वडा नम्बर ११ को वडाध्यक्षमा सालिकराम भट्टराई विजयी भएका छन्। वडा सदस्यमा २ जना एमाले, कांग्रेस र माओवादीका एक–एक जना विजयी भए। वडा नम्बर १२ मा नेकपा एमालेका इन्द्र गुरुङ सहित उनको प्यानल विजयी भएको हो।

प्रतिक्रिया दिनुहोस्