बालेनलाई २० हजार बढी मत, स्थापितलाई पछि पार्ने दाउमा सिर्जना



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता फराकिलो बनाएका छन् ।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार बालेनले २१ हजार १ सय ११ मत पाएका छन् भने उनलाई नेकपा एमालेका केशव स्थापितलाई १० हजार १ सय १३ मतले पछि पारेका छन् ।

स्थापितले १० हजार ९ सय ९८ मत पाएका छन् । यस्तै सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ९१० हजार १ सय १३ ले मत पाएकी छन् । उनी स्वतन्त्र उम्मेदवारभन्दा १० हजार९ सय ३८ मतले पछि छन् भने केशव स्थापितभन्दा ८२५ मतले पछि छन् ।

उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्