हेलिकप्टरबाट उदयपुरका खाद्य संकटग्रस्त गाउँपालिकामा खाद्य सामग्री पठाइयो



विराटनगर : प्रदेश १ सरकारले उदयपुरका खाद्य संकटग्रस्त दुई गाउँपालिकामा हेलिकप्टरबाट खाद्य सामग्री पठाएको छ। नेपाली सेनाको हेलिकप्टरले चार पटक गरी ८ हजार १० क्विन्टल चामलसहित खाद्य सामग्री पठाइएको हो।

गत असार २६ गतेबाट भएको अविरल वर्षाको कारण उदयपुर जिल्लाको लिङ्चुङ्बुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा सडक सम्पर्क बिच्छेद भई उत्पन्न खाद्यान्न संकट टार्न प्रदेश सरकारले खाद्यसामग्री त्यसतर्फ पठाउने व्यवस्था गरेको हो।

प्रदेश सरकारको आन्तरिकि मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा विपद व्यवस्थापन कार्यकारी समितीको बैठक बसी निर्णय भएबमोजिम तत्कालका लागि हवाइमार्गबाट खाद्य आपूर्ति ब्यवस्था मिलाइएको हो।

 

प्रतिक्रिया दिनुहोस्