भरुवा बन्दुकसहित मोरङमा दुई जना पक्राउ



मोरङ : भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका-५ जहदा बस्ने २६ वर्षीय धन केशर राई र उर्लाबारी नगरपालिका-४ बस्ने ४४ वर्षीय शम्भु गहतराजलाई लोड अवस्थामा रहेको भरुवा बन्दुक २ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कानेपोखरी गाउँपालिका-७ स्थित जनजागृती सामुदायिक वनमा अस्थायी प्रहरी चौकी कानेपोखरी, ईलाका वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्