पहिरोमा जिप पुरिँदा २ जनाको मृत्यु, ८ घाइते



रसुवा : जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रमा पहिरोले टाटासुमोको पछाडिको भाग पुरिँदा २ जनाको मृत्यु भएको छ। घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ। चालकलाई भने केही भएको छैन।

रसुवागढीबाट काठमाडौँ जान लागेको ना१ज ७८२४ नम्बरको टाटासुमोको पछाडिको भागमा पहिरो झरेपछि दुई जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए।

गाडीमा १० जना यात्रु रहेका थिए। थप विवरण आउन बाँकी छ। घाइतेको उपचारको लागि टिमुरे स्वास्थ्य चौकी लगिएको छ। शनिबार साँझ ५ बजे पहिरो गएको हो।

प्रतिक्रिया दिनुहोस्