काठमाडौंमा बालेनको २२ हजार मत कट्यो



काठमाडौं । काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत २२ हजार नाघेको छ । ५८ हजार ७६ मत गन्दा बालेनले २२ हजार १८९ मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ६७१ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९६३ मत ल्याएकी छन्। बालेन एमालेका स्थापितभन्दा ११ हजार ७३ मत र कांग्रेसकी सिर्जना भन्दा ११ हजार ८५६ मत अन्तरले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्