धनगढी बसपार्कमा सहचालक मृत फेला, मारिएकाे हुनसक्ने अाशंका



कैलाली: धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । ना ४ ख ४२६४ नम्बर बसका सह-चालक माेहन बाेहरा मृत फेला परेका हुन् । डीएसपी हरि अाेलीका अनुसार उनकाे पासमा भेटिएकाे मजदुरकाे अाइडी कार्डमा बाजुरा ढाडाकाेट ७ ठेगाना खुलाइएकाे छ । 

 

उनको बायाँ पट्टी कम्मरमा धारिलो हतियारको चोट देखिएकाले मारिएकाे हुनसक्ने प्रहरीले अाशंका लिएकाे छ । बोहरा विगत २५–२६ वर्षदेखि बसपार्क क्षेत्रमा रहँदै आएको स्थानीयबासी बताउँछन् । बिहीबार रातिसम्म धनगढी बसपार्क जुवा खेलिरहेका उनी विवाद भएर मारिएकाे हुनसक्ने प्रहरी अाशंका छ ।

 

बोहरा ना ५ ख ३५७ नम्बरको बस नजिकै शुक्रबार बिहान करिब ८ मृत अवस्थामा फेला परेका थिए ।  प्रहरीले ना ५ ख ३५७ का सहचालकसहित अन्य एकजनाई नियन्त्रणमा लिइएकाे डीएसपी अाेलीले बताए । 

 

शवलाई पोष्टमार्टका लागि अञ्चल अस्पतालमा राखिएकाले पोस्टमार्टमको रिपोर्टपछि अन्य कुराहरु थाहा हुने डीएसपी अाेलीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्