नारायणी नदीमा हामफालेर युवती बेपत्ता



चितवन : नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–८, सल्लेनी बस्ने २० वर्षीया सम्झना गुरुङ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार भरतपुर महानगरपालिका वडा नम्बर–१, देवघाटबाट गुरुङ नारायणी नदीमा हामफालेकी हुन्। उनी शनिबार दिउँसो ३ः४५ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ। नदीमा हामफालेकी गुरुङको खोजीकार्य जारी रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्