ललितपुरको गोदावरी नगरपालिकामा कांग्रेसका गजेन्द्र महर्जन विजयी



काठमाडौं। ललितपुरको गोदावरी नगरपालिकामा माओवादी– कांग्रेस गठबन्धनको उम्मेदवार गजेन्द्र महर्जन विजयी भएका छन् । कांग्रेस–माओवादी गठबन्धनमा मेयरको साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारी पुनः निर्वाचित भएका छन्। महर्जनले १८ हजार ९ सय २८ मत हासिल गरी विजयी प्राप्त गरेका छन् ।

निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका गम्भीर बहादुर राणाले १५१५७ मत ल्याएका छन्। महर्जनले राणालाई ३७७१ मतान्तरले पराजित गरेका हुन्।

यस्तै, उपमेयरमा १८ हजार ३ सय ३३ मत ल्याई मुना अधिकारी विजयी भएकी छिन्। उपमेयर उम्मेदवार रमी प्रधानाङ्गले १४ हजार १ सय ६९ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्