प्रेमीसँग गाडीमा किस गरेको फोटो सार्वजनिक भएपछि साम्राज्ञी पुन: चर्चामा



काठमाडौं : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले प्रेमीसँग गाडीमा किस गरेको फोटोले उनलाई पुन: चर्चामा ल्याएको छ। केही दिनअघि मात्र साम्राज्ञीको इन्डोनेसियाको बालीमा प्रेमी देवांशु राणासँगको बिकिनी फोटो भाइरल भएको थियो। 

त्यसपछि उनको सर्वत्र आलोचना भयो। उनले आलोचकहरूलाई जवाफ पनि दिएकी थिइन्- हात्ती चले बजार कुत्ता भुके हजार। हालसालै सार्वजनिक भएको फोटोमा साम्राज्ञी र देवांशुले गाडीभित्रै किस गरेको देखिएको छ। सामाजिक सञ्जाल तथा सिने नगरीमा यसले उनको चर्चा ह्वात्तै बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्