रामेछापको मुख्य नगरपालिका मन्थलीमा एमालेको जित



रामेछाप । रामेछाप जिल्लाको प्रमुख नगरपालिका तथा सदरमुकाम रहेको मन्थली नगरपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको लव श्रेष्ठ र उपमेयरमा इश्वारी बस्नेत विजयी भएका छन् । श्रेष्ठले निकटतम प्रतिस्पर्धी कांग्रेसको उम्मेदवार विनोद कुमार कार्कीलाई पराजित गर्दै मन्थलीको मेयरमा विजय हासिल गरेका हुन् ।

श्रेष्ठले ९ हजार ७ सय १८ मत ल्याएर विजय हुँदा कार्कीले ९ हजार १ सय २२ मत ल्याएर पराजित भए। श्रेष्ठसँगै मन्थलीको उपमेयरमा पनि एमालेकी उम्मेदवार बस्नेत विजयी भएकी छन् । उनले ९ हजार १ सय ६१ मत ल्याएर विजयी भएकी हुन् । उनको प्रतिस्पर्धी कांग्रेसकी यसोदा श्रेष्ठले ९ हजार ५४ मत ल्याएकी छन् ।

मन्थली नगरपालिका माओवादी केन्द्र तेस्रो बनेका छन् । माओवादी केन्द्रको उम्मेदवार दिपक राज प्रसाईंले ४ हजार ५ सय ७ मत ल्याएका छन् । मन्थली नगरपालिकामा मेयर पदको लागि ९ जना उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उनीहरुले मन्थली नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए ।

मन्थली नगरपालिकामा एमालेले मेयर–उपमेयर सहित ६ वटा वडा जीत हात पारेका छन् । एमालेबाट मन्थलीको २ नम्बर वडामा सुरेन्द्र बहादुर कार्की, ३ नम्बर वडामा कृष्ण गोपाल थापा, ८ नम्बर वडामा गोपाल श्रेष्ठ, ९ नम्बर वडामा गोकर्ण राज आरण, १३ नम्बर वडामा नवराज थापामगर, १४ नम्बर वडामा मोतिलाल तामाङले जीत हात पारेका छन् ।

त्यस्तै कांग्रेसबाट १ नम्बर वडामा होमप्रसाद पौडेल, ४ नम्बर वडामा राजन घिमिरे, ६ नम्बरमा अशोक कुमार तामाङ, ७ नम्बरमा भुवन हरि प्रसाईं, १० नम्बर वडामा गोपीलाल तामाङ, १२ नम्बर वडामा खिलेन्द्र बहादुर खत्री गरी ६ वटा वडामा विजय हासिल गरेका छन् ।

माओवादीको तर्फबाट एउटा वडामा मात्र विजयी भएका छन् । माओवादीले ११ नम्बर वडामा भिमबहादुर थापामगर विजय भएका छन् । भने नेकपा एकीकृत समाजवादीका रविन कुमार कार्कीले वडा नम्बर ५ मा विजयी हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्