विजयी उत्सव मनाइसकेका समसेरको प्रतिस्पर्धीसँग बराबर मत !



महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका-८ को अध्यक्षका दुई जना प्रत्यासीको मत बराबरी आएको छ । यसअघि एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै नेकपा माओवादी केन्द्रका समसेर सिंहलाई विजयी घोषणा गरिएको थियो ।

समसेरले विजयीको उत्सव समेत मनाएका थिए । तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न बाँकी रहेको भेटिएपछि सहमतिमै उक्त मतपेटिकाको मत गणना गरिएको थियो ।

मतगणनाको क्रममा समसेर सिंह र नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगरले समान ७६७ मत प्राप्त गरेका छन् । यसअघि वडाध्यक्षमा विजय घोषणा हुँदा समसेरले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्