अग्रता बढाउँदै रेनु, विजय ३ हजार २६४ मतले पछि



चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन् ।

दाहालले १७ हजार २९० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १४ हजार ०२६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार ‍४० मत पाएका छन् ।

त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी १९ हजार ८४८ मत पाएका छन् भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले ११ हजार २१९ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्