मुख्यमन्त्री राउतका स्वकीय सचिवले जोगाउन सकेनन् जमानत



वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादवको जमानत जफत भएको छ । यादवले पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका थिए ।

पटेर्वासुगौलीमा ११ हजार ४५३ मत खसेको थियो । मतगणनाको क्रममा कूल खसेको मतमध्ये २२५ बदर भएका थियो भने ११ हजार २२८ मत सदर भएका थियो । कानुनतः उम्मेदवारले जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।

पटेर्वासुगौलीका निर्वाचन अधिकृतका अनुसार जसपाका दीपक यादवले ४ सय ६९ मत मात्र पाएका छन् । जमानत जफत हुन नदिन उम्मेदवारले ११ हजार २२८ मतको १० प्रतिशत भनेको ११ सय २२ मत ल्याउने पर्ने हुन्छ । तर, जसपाका उम्मेदवार दीपक यादवले कूल सदर मतको ५ प्रतिशत भन्दा पनि कम मत पाएका छन् । यादवले पाएको ४ सय ६९ मत भन्दा बढी मत मकै छापका लालबाबु महरले ल्याएका छन् । महरले ७२३ मत ल्याएका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्